नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी - Chaitanya News
  • 2026-07-06
  • 03:40:55
  • आइतबार,आषाढ २१, २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

    नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए ।

    शेर्पालाई प्रहरीले खोजिरहेको छ । शेर्पा अहिले मोबाइल फोन स्विच अफ गरेर सम्पर्क विहीन बनेका छन् ।