चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 623 of 1152
  • 2026-11-21
  • 20:51:10
  • शनिबार,मंसिर ०६, २०८३

About Author

राष्ट्रपति अहिले युरोप नजाने, भूकम्पपीडितको अवस्था बुझ्न रुकुम पश्चिम र जाजरकोट जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पपीडितको अवस्था बुझ्न रुकुम पश्चिम र जाजरकोट जाने भएका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार उनी मंगलबार त्यसतर्फ जान लागेका हुन् । आउँदो बुधबारदेखि जर्मनीसहित युरोपको भ्रमणमा जान लागेका राष्ट्रपति पौडेलले जनता दुःखमा रहेका बेला भ्रमणमा नजाने भन्दै युरोप भ्रमण स्थगित गरेका थिए । परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर भ्रमण रद्द गरेको जानकारी गराएका पौडेलले जनताको दुःख बुझन् त्यसतर्फ जाने तालिका बनाएको पौडेलका प्रेस संयोजक खिला कार्कीले सार्वजनिक गरेका छन् ।

News by राष्ट्रपति अहिले युरोप नजाने, भूकम्पपीडितको अवस्था बुझ्न रुकुम पश्चिम र जाजरकोट जाने :