कोही पनि मान्छेले सबै कुरा पहिले नै जानेको हुँदैनः प्रशासकीय अधिकृत गणेश दत्त - Chaitanya News
  • 2026-11-19
  • 11:04:13
  • बिहिबार,मंसिर ०४, २०८३
  • कोही पनि मान्छेले सबै कुरा पहिले नै जानेको हुँदैनः प्रशासकीय अधिकृत गणेश दत्त

    कोही पनि मान्छेले सबै कुरा पहिले नै जानेको हुँदैनः प्रशासकीय अधिकृत गणेश दत्त

    नेपाल संघीयताको अभ्यासमा छ । यो अभ्यास केहि हदसम्म सफल पनि भइरहेको छ । ७५३ स्थानीय तह स्थानीय सरकारका रुपमा कार्यरत छन । संविधानले जारी गरेको राज्य सञ्चालनको बाँडफाँडको आधारमा एउटा स्थानीय तह आफैँमा एउटा सरकार हो । मेयर वा अध्यक्ष त्यस स्थानीय तहको सरकार प्रमुख हुन् । प्रमुख प्रशासकीय अधिकृत मुख्य सचिव हुन् । एउटा मन्त्रालयको मुख्य सचिवको भूमिका जस्तै एक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको हालको अवस्थामा उस्तै भूमिका हो भन्ने कुरालाई पनि हामी नकार्न सक्दैनौं । कुन पालिकाले कसरी काम गरिरहेका छन, त्यहाँका जनताको अपेक्षा के छ ? यिनै विषयमा रहेर चैतन्य खबरका लागि निर्मला कडायतले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रसँग गरेको कुराकानीको सम्पादित अंश–

    १.तपाईँले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको कति भयो ?
    मैले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको ५ वर्ष भयो ।

     

    २.यो ५ वर्षको अवधिमा जनप्रतिनिधिको कस्तो सहयोग पाइरहनु भएको छ ?
    मैले यो ५ वर्षको अवधिमा जनप्रतिनिधिको राम्रो साथ, सहयोग पाइरहेको छु ।

     

    ३.जनअपेक्षा कस्तो पाउनु भएको छ र यहाँहरूले सेवा भावलाई अग्रभागमा राखेर कसरी काम गरिरहनु भएको छ ?
    जनअपेक्षा त धेरै नै छन । तर हामीसँग स्रोत साधनहरु असिमित छन् । त्यही अनुसार हामीले जनताका आवश्यक अपेक्षा, चाहानाहरू पुरा गर्नुपर्ने हुन्छ ।

     

    ४.यहाँको पालिकामा प्रशासनिक टिमको कार्यशैलीको कुशल व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
    हाम्रो पालिकामा १६ जना अधिकृत साथीहरू छन । सबै फाँटहरूमा ३–३ जना अफिसरहरू छन । त्यसैले हाम्रो पालिकामा प्रशासनिक टिमको व्यवस्थापन राम्रोसँग भइरहेको छ ।

     

    ५.कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ ?
    कर्मचारीको प्रयाप्तता नै छ । तर थोरै समयमै कर्मचारीको विज्ञापन माग भएन । अरु त ठिकै छ ।

     

    ६.अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका विद्यार्थीलाई के भन्न चाहानु हुन्छ ? कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ लाग्छ यहाँलाई ?
    नियमित अभ्यास गरेपछि सफलता अवश्य पनि पाइन्छ । कोही पनि मान्छेले सबै कुरा पहिले नै जानेको हुँदैन । निरन्तरण अभ्यास गरिरहनु पर्छ । निरन्तरण अभ्यास गरिरहेपछि जुनसुकै बेला पनि सफलता प्राप्त गर्न सकिन्छ । एक–दुई पटकको अभ्यासमा असफलता हुँदैमा आफूलाई कमजोर, अयोग्य नठान्ने । नोटहरु बनाएर पढ्ने । निरन्तरण प्रयास गरिरहेपछि सफलता निश्चित छ ।