सुपर ओभरमा ओमानसामू नेपाल पराजित - Chaitanya News
  • 2026-06-07
  • 10:27:59
  • आइतबार,जेठ २४, २०८३
  • सुपर ओभरमा ओमानसामू नेपाल पराजित

    सुपर ओभरमा ओमानसामू नेपाल पराजित

    काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत नेपाल र ओमानबीचको सुपर ओभरमा भएको खेलमा नेपाल पराजित भएको छ।

    सुपर ‌ओभरमा पहिला ब्याटिङ गर्दै ‌ओमानले २१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले सुपर ओभरमासमेत एक विकेट गुमाउँदै १० रन मात्र बनाउन सक्यो।

    यसअघि खेलको सुरुवातमा टस जित्दै पहिले ब्याटिङ गरेर १८४ रन बनाएको थियो। १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ‌ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

    बराबरी हुँदा खेल सुपर ओभरमा गएको थियो।