चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 484 of 1152
  • 2026-11-21
  • 17:39:28
  • शनिबार,मंसिर ०६, २०८३

About Author

प्रधानसेनापति सिग्देलले गरे दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ– प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न दर्जामा पदोन्नति भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज (शुक्रबार) जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। प्रधानसेनापति सिग्देलले पुस ११ उपरथीमा पदोन्नति भएका पाइलट सहायक रथी रामसुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक सहायक रथी धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। त्यस्तै सहायक रथीमा पदोन्नति भएका एक महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका ५ जना प्रमुख सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

News by प्रधानसेनापति सिग्देलले गरे दर्ज्यानी चिन्ह प्रदान :