भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा अहिलेसम्म १२ करोड ३३ लाख ६५ हजार जम्मा - Chaitanya News
  • 2026-04-28
  • 04:19:43
  • सोमबार,बैशाख १४, २०८३
  • भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा अहिलेसम्म १२ करोड ३३ लाख ६५ हजार जम्मा

    भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा अहिलेसम्म १२ करोड ३३ लाख ६५ हजार जम्मा

    काठमाडौँ– भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा अहिलेसम्म १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ। बिहीबारसम्म कोषमा उक्त रकम जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ।

    भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग योगदान आउने क्रम जारी रहेको छ। बिहीबार मात्रै मेटलाइफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पच्चीस लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

    उक्त सहयोग रकम कोषमा जम्मा गरी सोको जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले अर्थमन्त्री रामेश्वर खनाललाई गराएको छ। कोषमा योगदान पुर्‍याएकोमा अर्थमन्त्री खनालले मेटलाइफ नेपाललाई धन्यवाद दिए।