प्रधानसेनापति सिग्देलले गरे दर्ज्यानी चिन्ह प्रदान - Chaitanya News
  • 2026-04-28
  • 03:39:01
  • सोमबार,बैशाख १४, २०८३
  • प्रधानसेनापति सिग्देलले गरे दर्ज्यानी चिन्ह प्रदान

    प्रधानसेनापति सिग्देलले गरे दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौँ– प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न दर्जामा पदोन्नति भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज (शुक्रबार) जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

    प्रधानसेनापति सिग्देलले पुस ११ उपरथीमा पदोन्नति भएका पाइलट सहायक रथी रामसुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक सहायक रथी धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

    त्यस्तै सहायक रथीमा पदोन्नति भएका एक महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका ५ जना प्रमुख सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।