काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि २६० भन्दा बढी कर्मचारी मागेको छ।
आज (शुक्रबार) प्राधिकरणले एक सूचना जारी गर्दै अधिकृतदेखि सहायकस्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो।
अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरूमा १३० जनाका लागि खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि माघ ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ १५ गतेसम्म दरखास्त दिन सक्नेछन्।
नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन फाराम खुलाएको छ।
![]()
![]()
![]()
![]()
![]()
![]()