चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 453 of 1152
  • 2026-11-21
  • 14:49:53
  • शनिबार,मंसिर ०६, २०८३

About Author

मेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो

काठमाडौं– अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। हिजो (मंगलबार) चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो। अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन्। डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन्। डिपोर्ट भएकाहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो। ब्युरोका अधिकारीहरुले उनीहरुसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएका छन्। कोही कसैले गैरकानुनी रुपमा अमेरिका पठाएको भए उजुरी दिन पनि ब्यूरोले उनीहरुसँग अनुरोध गरेको छ। यसअघि पनि अमेरिकाले नेपालीहरूलाई चरणरचरणमा डिपोर्ट गर्दै आइरहेको छ।

News by मेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो :