प्रतिनिधि सभा निर्वाचनः कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको उम्मेदवारी दर्ता (विवरण) - Chaitanya News
  • 2026-06-22
  • 01:36:40
  • आइतबार,आषाढ ०७, २०८३
  • प्रतिनिधि सभा निर्वाचनः कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको उम्मेदवारी दर्ता (विवरण)

    प्रतिनिधि सभा निर्वाचनः कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको उम्मेदवारी दर्ता (विवरण)

    विराटनगर– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेशका १४ वटा जिल्लाका २८ वटा निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ।

    मंगलबार भएको मनोनयन दर्ता प्रक्रियामा कुल ५०४ जनाले विभिन्न पदका लागि आफ्नो उम्मेदवारी पेस गरेका छन्।

    प्राप्त तथ्याङ्क अनुसार, सबैभन्दा बढी मोरङ जिल्लामा ११८ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा समान १२–१२ जनाको उम्मेदवारी दर्ता भएको छ।

    जिल्लागत विवरण यस प्रकार छ:
    १. ताप्लेजुङ: १३ जना
    २. पाँचथर: १५ जना
    ३. इलाम: (क्षेत्र नं १ मा १३ र क्षेत्र नं २ मा १४) गरी जम्मा २७ जना
    ४. झापा: (पाँचवटा क्षेत्र गरी) जम्मा ८६ जना
    ५. संखुवासभा: १६ जना
    ६. तेह्रथुम: १२ जना
    ७. भोजपुर: १२ जना
    ८. धनकुटा: १८ जना
    ९. मोरङ: ११८ जना
    १०. सुनसरी: चारवटा क्षेत्रमा १०९ जना
    ११. सोलुखुम्बु: १२ जना
    १२. खोटाङ: १५ जना
    १३. ओखलढुङ्गा: १६ जना
    १४. उदयपुर: दुईवटा क्षेत्रमा ३१ जना