चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1053 of 1150
  • 2026-11-20
  • 08:03:41
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

हालसम्म डेंगीबाट संक्रमित हुनेको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

काठमाडौँ— डेंगीबाट हालसम्म संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार डेंगीबाट अहिलेसम्म संक्रमित संख्या ५० हजार २६३ पुगेको छ ।यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा डेंगी संक्रमण भएको हो। डेंगी प्रकोपको जोखिम कात्तिक महिनासम्म रहने विज्ञहरुको आकलन रहेको छ।जाडो महिना सुरु भएपछि लामखुट्टेको वृद्धिविकास कम हुने भएकाले डेंगीको संक्रमण कम हुँदै जाने हुन्छ। जाडो सुरु भएपछि केसहरु कम देखिन थालेका छन्। कात्तिक १५ देखि कात्तिक २० गतेसम्म छ सय २४ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्या‌क छ। २–३ वर्षको अन्तरालमा डेंगीले नेपालमा प्रकोपको रुप लिने गरेको छ। सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो जसले महामारीको रूप लिएको थियो। सातै प्रदेशअन्तर्गतको ७७ जिल्लामा फैलिएको डेंगीबाट ५५ जनाको मृत्यु भइसकेको छ। डेंगीको जोखिम कम गर्न लामखुट्टेको टोकाइबाट बच्नु नै प्रमुख उपाय रहेको जनस्वास्थ्यविद्हरू बताउँछन्। डेंगी गराउने लामखुट्टे फोहोरभन्दा सफापानीमा अण्डा पार्ने ,पछाडिबाट आएर टोक्ने, खुट्टामा टोक्ने, टेबुलमुनिबाट टोक्ने खालको हुने भएकाले लामखुट्टे भगाउने उपायहरु अपनाउने, पानी जम्न नदिनु नै यसबाट बच्ने प्रमुख उपाय भएको उनीहरूको सुझाव छ।

News by हालसम्म डेंगीबाट संक्रमित हुनेको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु :