मतदाता सचेत रहनुपर्छ, देशलाई अस्थिरतामा लैजान खोजिँदैछ : प्रकाशमान सिंह - Chaitanya News
  • 2026-09-14
  • 02:48:18
  • आइतबार,भाद्र २८, २०८३
  • मतदाता सचेत रहनुपर्छ, देशलाई अस्थिरतामा लैजान खोजिँदैछ : प्रकाशमान सिंह

    मतदाता सचेत रहनुपर्छ, देशलाई अस्थिरतामा लैजान खोजिँदैछ : प्रकाशमान सिंह

    काठमाडौं– नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार प्रकाशमान सिंहले केहीले देशलाई अस्थिरतातर्फ लैजान खोजेकोले मतदाता सचेत रहनुपर्ने बताएका छन्।

    संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता विषय ठिक छैन भन्दै देशलाई पुन अस्थिरतातर्फ धकेल्न खोजिएकोले सचेत रहनुपर्ने उनले बताए।

    उनले संविधान कार्यान्वयनका लागि आफूहरूलाई मत दिन पनि आग्रह गरेका थिए।

    ‘के हामी सधैं राजनीतिक अस्थिरतामा बसिरहने होरु होइन। अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्छ,’ घरदैलोका क्रममा आज काठमाडौंमा उनले भने।

    उनले आर्थिक समृद्धि नै अबको एजेन्डा भएको बताएका थिए। उनले कांग्रेसलाई बलियो बनाउन पनि मतदाताहरूलाई आग्रह गरेका थिए। ‘कांग्रेसलाई बलियो बनाउनुहोस्। संविधानको पूर्ण कार्यान्वयन गर्नेछौं,’ उनले भने।