एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको नाफा घटेर ६ करोड ५७ लाख पुग्यो - Chaitanya News
  • 2026-04-25
  • 16:50:21
  • शनिबार,बैशाख १२, २०८३
  • एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको नाफा घटेर ६ करोड ५७ लाख पुग्यो

    एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको नाफा घटेर ६ करोड ५७ लाख पुग्यो

    काठमाडौं– एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ६८.१८५ ले घटेर ६ करोड ५७ लाख ९५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २० करोड ६७ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो।

    कम्पनीको खुद ब्याज आम्दानी ३१.०९५ ले घटेर २९ करोड २ लाख ५७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६८.१७५ ले घटेर ९ करोड ३९ लाख ८१ हजार रुपैयाँ पुगेको छ। कम्पनीको बेस रेट ३.९७’५ ले बढेर १४.०६५ मा कायम भएको छ।।कम्पनीको वितरणयोग्य नाफा २६ लाख २० हजार रुपैयाँ पुगेको छ।

    त्यस्तै, यस त्रैमसमा कम्पनीको चुक्ता पुँजी स्थिर रहेको छ भने जगेडा कोष ३५.३५५ ले घटेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ भने जगेडा कोषमा ६४ करोड ५६ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा रहेको छ।