चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1004 of 1151
  • 2026-11-21
  • 02:53:21
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

सीमा क्षेत्रमा तस्करी रोक्न शशस्त्रका चार डिआइजीलाई मुख्यालय बोलाएर दियो यस्तो निर्देशन

काठमाडौं -  सीमा क्षेत्रमा तस्करी बढेको गुनासो आएसँगै सशस्त्र प्रहरी मुख्यालयले चार डिआइजीलाई काठमाडौ बोलाएको छ । प्रहरी महानीरिक्षक राजु अर्यालले त्यहाँबाट गुनासो आउनुको कारणबारे बुझ्नलाई सीमा क्षेत्रका डिआइजीहरुलाई काठमाडौ बोलाएका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चारवटा प्रदेशका सशस्त्र प्रहरी प्रमुखसमेत रहेका बाहिनीपतिहरुलाई मूख्यालयमा बोलाएर तस्करी नियन्त्रण नभए कडा कारवाही गर्ने चेतावनी दिएको स्रोतको दावी छ । मूख्यालयमा प्रदेश १ का डीआईजी कमल गिरी, मधेश प्रदेशका प्रमुख गणेश ठाडा मगर, लुम्बिनी प्रदेश प्रमुख विदुर खड्का र सुदुरपश्चिम प्रदेशका निमित्त प्रमुख एसएसपी विश्वकुमार भट्टराईलाई बोलाइएको थियो । उनीहरु अब शुक्रबार कार्यक्षेत्रमा जाने मूख्यालयले जनाएको छ ।

News by सीमा क्षेत्रमा तस्करी रोक्न शशस्त्रका चार डिआइजीलाई मुख्यालय बोलाएर दियो यस्तो निर्देशन :