उच्च भू–भागमा हल्का हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु - Chaitanya News
  • 2026-04-26
  • 13:27:16
  • आइतबार,बैशाख १३, २०८३
  • उच्च भू–भागमा हल्का हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु

    उच्च भू–भागमा हल्का हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु

    काठमाडौं – नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लागिरहेको छ ।

    आज (बिहीबार) दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश–१ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

    हिमाली भू–भागमा हल्का हिमपात र तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लाग्दा दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।