काठमाडौँ उपत्यकामा आज यो वर्ष अहिलेसम्मकै कम तापक्रम - Chaitanya News
  • 2026-04-26
  • 13:26:49
  • आइतबार,बैशाख १३, २०८३
  • काठमाडौँ उपत्यकामा आज यो वर्ष अहिलेसम्मकै कम तापक्रम

    काठमाडौँ उपत्यकामा आज यो वर्ष अहिलेसम्मकै कम तापक्रम

    काठमाडौँ- आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम देखिएको छ।

    मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको हो।

    महाशाखाकी मौसम बिनु महर्जनले यो यस वर्ष अहिलेसम्मकै कम तापक्रम भएको जानकारी दिइन्। उनका अनुसार यसअघि उपत्यकाको सबैभन्दा कम न्यूनतम तापक्रम डिसेम्बर २८ तारिखका दिन ३.१ डिग्री सेल्सियस थियो। त्यसयता यो (३ डिग्री) नै यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम हो।

    आज सबैभन्दा कम न्यूनमत तापक्रम जुम्लामा देखिएको छ। महाशाखाको विवरणअनुसार त्यहाँ आज न्यूनतम तापक्रम माइनस पाँच दशमलव पाँच (–५.५) डिग्री सेल्सियस छ।