सीमा क्षेत्रमा तस्करी रोक्न शशस्त्रका चार डिआइजीलाई मुख्यालय बोलाएर दियो यस्तो निर्देशन - Chaitanya News
  • 2026-11-20
  • 11:56:29
  • शुक्रबार,मंसिर ०५, २०८३
  • सीमा क्षेत्रमा तस्करी रोक्न शशस्त्रका चार डिआइजीलाई मुख्यालय बोलाएर दियो यस्तो निर्देशन

    सीमा क्षेत्रमा तस्करी रोक्न शशस्त्रका चार डिआइजीलाई मुख्यालय बोलाएर दियो यस्तो निर्देशन

    काठमाडौं –  सीमा क्षेत्रमा तस्करी बढेको गुनासो आएसँगै सशस्त्र प्रहरी मुख्यालयले चार डिआइजीलाई काठमाडौ बोलाएको छ । प्रहरी महानीरिक्षक राजु अर्यालले त्यहाँबाट गुनासो आउनुको कारणबारे बुझ्नलाई सीमा क्षेत्रका डिआइजीहरुलाई काठमाडौ बोलाएका हुन् ।

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चारवटा प्रदेशका सशस्त्र प्रहरी प्रमुखसमेत रहेका बाहिनीपतिहरुलाई मूख्यालयमा बोलाएर तस्करी नियन्त्रण नभए कडा कारवाही गर्ने चेतावनी दिएको स्रोतको दावी छ ।

    मूख्यालयमा प्रदेश १ का डीआईजी कमल गिरी, मधेश प्रदेशका प्रमुख गणेश ठाडा मगर, लुम्बिनी प्रदेश प्रमुख विदुर खड्का र सुदुरपश्चिम प्रदेशका निमित्त प्रमुख एसएसपी विश्वकुमार भट्टराईलाई बोलाइएको थियो । उनीहरु अब शुक्रबार कार्यक्षेत्रमा जाने मूख्यालयले जनाएको छ ।