चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 317 of 1159
  • 2026-11-25
  • 14:27:05
  • बुधबार,मंसिर १०, २०८३

About Author

यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने कर्णाली प्रदेश मन्त्रिपरिषद्को निर्णय

सुर्खेत– कर्णालीमा मङ्गलवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए। उनका अनुसार, कालिकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडक प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने पनि निर्णय भएको छ। यस्तै जाजरकोट जिल्लाको वडावन सानाखोला सडक प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय भएको शाहले बताए।

News by यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने कर्णाली प्रदेश मन्त्रिपरिषद्को निर्णय :