सुर्खेत– कर्णालीमा मङ्गलवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए।
उनका अनुसार, कालिकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडक प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने पनि निर्णय भएको छ।
यस्तै जाजरकोट जिल्लाको वडावन सानाखोला सडक प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय भएको शाहले बताए।