काठमाडौँ– आज (मंगलबार) राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने तय भएको छ। बैठक मध्यान्ह साढे १२ बजे बस्दैछ।
आजको बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ।