चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1072 of 1167
  • 2026-11-30
  • 04:19:36
  • आइतबार,मंसिर १४, २०८३

About Author

बैंकिङ्ग आतंक बन्द गर [तस्बिरहरू]

काठमाडौं- उद्योगी, व्यवसायीले ब्याजदर घटाउन दबाब दिँदै माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम गरेका छन्। शुक्रबार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा व्यवसायीले विरोध प्रदर्शन गरेका हुन्। त्यस्तै, नेपाल उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ र मोरङ व्यापार संघले संयुक्त रूपमा ब्याजदर वृद्धिले पारेको प्रभावबारे गरिएको अध्ययन प्रतिवेदन १६ कात्तिकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर बुझाए। सो प्रतिवेदनमा ब्याजदर वृद्धिका कारण २९ प्रतिशत उद्योगको लागत ७५ प्रतिशतभन्दा बढीले वृद्धि भएको निष्कर्ष थियो। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले पटक–पटक गभर्नर र अर्थमन्त्रीसँग भेटेर ब्याजदर वृद्धिका कारण उद्योग व्यवसाय संकटमा पर्न लागेकाले ब्याजदर घटाउने नीति ल्याउन आग्रह गरिरहेका छन्। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि उद्योगी, व्यापारीहरू बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकप्रति आक्रोशित भएका छन्। उनीहरू ब्याजदर कम गर्न ठूलै लबिइङ गरिरहेका छन् तर राष्ट्र बैंकले भने समस्या सम्बोधन गरेको छैन। अर्कोतर्फ गत कात्तिकदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजमा बृद्धि नगरी कर्जाको ब्याज १८ प्रतिशतसम्म पुर्‍याएका छन् । सोही कारण उद्योगी, व्यवसायीको लागत बढेको र लागत बढेअनुसारको आम्दानी नहुदा उनीहरू ब्याजदरको विरोध गर्दै आन्दोलन गर्न बाध्य भएका छन्।

News by बैंकिङ्ग आतंक बन्द गर [तस्बिरहरू] :