एमाले नेता शेषकान्त गौतमले गुल्मी–२ मा रामकुमारी झाँक्रीलाई सहयोग गर्ने - Chaitanya News
  • 2026-04-25
  • 14:46:45
  • शनिबार,बैशाख १२, २०८३
  • एमाले नेता शेषकान्त गौतमले गुल्मी–२ मा रामकुमारी झाँक्रीलाई सहयोग गर्ने

    एमाले नेता शेषकान्त गौतमले गुल्मी–२ मा रामकुमारी झाँक्रीलाई सहयोग गर्ने

    काठमाडौँ– नेकपा एमालेका नेता शेषकान्त गौतमले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई आउँदो चुनावमा सहयोग गर्ने भएका छन्।

    नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गौतमले सत्ता गठबन्धनकी उम्मेदवार झाँक्रीलाई सघाउने सार्वजनिक रूपमा घोषणा गरेका हुन्। झाँक्री गुल्मीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छिन्।

    गौतमले आइतबार पत्रकार सम्मेलन गरेर सो चुनाव क्षेत्रमा आफूले झाँक्रीलाई समर्थन गर्ने जानकारी दिएका हुन्। गुल्मी २ मा एमालेका तर्फबाट गोकर्ण विष्ट प्रतिस्पर्धामा छन्।

    ‘कुनै समय आफ्नै पार्टीको प्रधानमन्त्री ढलाउन सर्वोच्च पुग्ने अनि त्यही पार्टीमा बस्ने नैतिक पतन भएकाहरूलाई आफूले सहयोग गर्न नसकेको’ नेता गौतमले उल्लेख गरेका छन्। गौतमले नेता विष्टलाई लक्षित गरेर यस्तो बताएका हुन्।

    आफूले एमाले पार्टी नछोडेको तर पार्टीले कुनै कारवाही गरेमा त्यसको परिणाम भोग्न तयार रहेकोसमेत गौतमले जनाएका छन्।