दिवाङ्गत खेलाडीको शालिक निर्माणमा सरकारले सहजीकरण गर्छ : कृष्णचन्द्र पोखरेल - Chaitanya News
  • 2026-04-25
  • 14:45:53
  • शनिबार,बैशाख १२, २०८३
  • दिवाङ्गत खेलाडीको शालिक निर्माणमा सरकारले सहजीकरण गर्छ : कृष्णचन्द्र पोखरेल

    दिवाङ्गत खेलाडीको शालिक निर्माणमा सरकारले सहजीकरण गर्छ : कृष्णचन्द्र पोखरेल

    काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्यान गुमाउने खेलाडी निस्सिम थापाको अर्धकदको शालिक बनाउन सहजीकरण गर्ने बताएका छन्।

    थापाको परिवारले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले खेलाडीका परिवारलाई क्षतिपूर्ति दिलाउन र अर्धकदको शालिक निर्माणका लागि प्रदेश सरकारले सहजीकरण गर्ने बताए।

    गत असोज ३० गते प्याराग्लाइडिङ खेलका क्रममा थापाको मृत्यु भएको थियो । उनी त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगितामा सहभागी थिए। उनको मृत्युपछि आयोजक संस्थाले दिवङ्गत थापालाई मानार्थ गोल्डमेडल प्रदान गरेको थियो। साथै, उनको सम्मानमा पोखरा रङ्गशालामा अर्धकदको शालिक निर्माण गर्ने घोषणासमेत गरेको थियो।

    थापाको परिवारले नाममा निस्सिमका नाममा अक्षयकोष स्थापना गरी प्याराग्लाइडिङ खेलमा दुर्घटनामा पर्ने खेलाडीलाई आर्थिक सहयोग गर्नुपर्ने माग गरेको छ। साथै, सबै खेलाडीको जीवन बीमा गर्नुपर्ने समेत परिवारको माग छ।

    दिवङ्गत खेलाडी निस्सिमका बुबा प्रकाश थापाले लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल एअर स्पोर्टस् एशोसिएशन र नेपाल सरकारका तर्फबाट प्राप्त हुनुपर्ने बीमावापतको रकम प्रदान गरिदिन आग्रह गरे।