अध्यक्ष प्रचण्डले ल्याए गोरखा क्षेत्र नम्बर २ का लागि रणनीतिक महत्वका ४५ योजना - Chaitanya News
  • 2026-04-25
  • 15:14:54
  • शनिबार,बैशाख १२, २०८३
  • अध्यक्ष प्रचण्डले ल्याए गोरखा क्षेत्र नम्बर २ का लागि रणनीतिक महत्वका ४५ योजना

    अध्यक्ष प्रचण्डले ल्याए गोरखा क्षेत्र नम्बर २ का लागि रणनीतिक महत्वका ४५ योजना

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ गोरखा क्षेत्र नम्बर २ का लागि ४५ रणनीतिक महत्वका योजना अघि सारेका छन्। गोरखा २ का उम्मेदवार प्रचण्डले गोरखाली जनता पक्षमा ४५ रणनीतिक योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन्।

    गोरखा २ अन्तर्गत पर्ने सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात हुने प्रचण्डको भनाई छ।