चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 109 of 1152
  • 2026-11-22
  • 11:57:12
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रसुवा बाढीः सेनाको उद्धार जारी, ४० विदेशीसहित ७०६ जनाको हवाई उद्धार

काठमाडौँ– रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोज तथा उद्धारमा नेपाली सेनाले करिब चार हजार पाँच सयभन्दा बढी फौज परिचालन गरेको छ। नेपाली सेनाका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म ४० विदेशी नागरिकसहित ७०६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। टिमुरे, स्याफ्रुवेशी र मैलुङलगायत बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टरमार्फत उनीहरूको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएका विदेशी नागरिकमध्ये २९ भारतीय, चार जर्मन, चार चिनियाँ, दुई कोरियन र एक ओमानी नागरिक रहेका छन्। बाढी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका करिब चार हजार पाँच सयभन्दा बढी फौज खटिएका छन्। परिचालित टोलीले सम्बन्धित निकायसँग समन्वय गर्दै घाइते तथा प्रभावितहरूको खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको सेनाले जनाएको छ। सेनाका टोलीले खोज तथा उद्धारसँगै प्रभावित क्षेत्रमा आपत्कालीन उपचार र राहत सामग्री वितरणको कामसमेत गरिरहेका छन्।

News by रसुवा बाढीः सेनाको उद्धार जारी, ४० विदेशीसहित ७०६ जनाको हवाई उद्धार :