नेपालमा जारी राहत तथा उद्धार कार्यका लागि थप राहत सामग्री पठाउने भारतको तयारी - Chaitanya News
  • 2026-08-28
  • 16:58:56
  • शुक्रबार,भाद्र १२, २०८३
  • नेपालमा जारी राहत तथा उद्धार कार्यका लागि थप राहत सामग्री पठाउने भारतको तयारी

    नेपालमा जारी राहत तथा उद्धार कार्यका लागि थप राहत सामग्री पठाउने भारतको तयारी

    काठमाडौँ– भारतले नेपालमा जारी राहत तथा उद्धार कार्यका लागि थप राहत सामग्री पठाउने तयारी गरेको छ।

    भारतीय विदेश मन्त्री एस. जयशंकरले राहत तथा उद्धार प्रयासबारे शुक्रबार पनि सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका छन्। छलफलमा भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे जानकारी गराएका हुन्।

    जयशंकरले नेपालसम्बन्धी विषयलाई भारतले उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका छन्।

    उनले सामाजिक सञ्जालमार्फत काठमाडौँ र बेइजिङस्थित भारतीय दूतावासबाट नेपालमा रहेका भारतीय नागरिकको अवस्था तथा सुरक्षाबारे अद्यावधिक जानकारी प्राप्त भएको जनाएका छन्।