चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1075 of 1162
  • 2026-11-26
  • 17:29:11
  • बिहिबार,मंसिर ११, २०८३

About Author

बुवाको स्मृतिमा कांग्रेस नेता जोशीद्वारा रक्तदान कार्यक्रम

धनगढी- नेपाली कांग्रेस कैलालीका नेता टंकप्रसाद जोशीले बुवाको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन्। स्वर्गीय पिता तोयानाथ जोशीको २९औं पुण्य स्मृति दिवसको अवसरमा नेता जोशीले भजनीमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्। उनले प्रत्येक वर्ष बुवाको पुण्य स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन्। यो ९औं रक्तदान कार्यक्रम भएको जोशीले बताए। रक्तदान कार्यक्रममा १०१ पिण्ट रगत संकलन भएको छ। रक्तदान कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले पालिकाले गर्नुपर्ने काम व्यक्तिले गरिदिएको बताउँदै मानिसको जीवन बचाउनका लागि गरिने रक्तदान जस्तो पुण्य काम अरू केही नभएको बताए। कार्यक्रममा उपप्रमुख राजु तिरुवा, नेपाली कांग्रेस महासमिति सदस्य जीवन श्रेष्ठ, नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य गंगाराम चौधरी, जनता सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष डम्मर खड्का, विष्णु न्यौपानेलगायतले रक्तदान गरेका थिए। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, गठबन्धन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार चौधरी र प्रदेश (क) का उम्मेदवार खेमराज डगौराको उपस्थिति रहेको थियो। स्वर्गीय जोशीका छोरा टंकप्रसादले बुवाको सम्झना र सामाजिक कार्यमा सहयोग पुगोस् भनी रक्तदान कार्यक्रम गरिएको बताए। कांग्रेस कैलालीका सदस्यसमेत रहेका जोशीले नागरिकको जीवन बचाउन सहयोग होस् भनी भनेर ९ वर्षदेखि रक्तदानको आयोजना गर्दै आएको बताए। उनले आफैंसमेत ५४ पटक रक्तदान गरिसकेका छन्।

News by बुवाको स्मृतिमा कांग्रेस नेता जोशीद्वारा रक्तदान कार्यक्रम :