बझाङ- बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको बझाङका डीएसपी जागेश्वर भण्डारीले बताए। प्रहरीका अनुसार अहिले उद्धारकार्य जारी छ।
स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप भीरबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेकाहरूको उद्धार कार्य जारी रहेको र मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ।