काठमाडौं– नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले हिरासतमा थप राख्नको लागि अनुमति लिने भएको छ।
अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।
असोज २० गते पक्राउ परेका लामिछानेलाई सार्वजनिक विदाका कारण २४ असोजमा पहिलो पटक अदालत उपस्थित गराइएको थियो ।शुरूमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो।
दोस्रो पटक थपिएको म्याद मंगलबार सकिए पनि सरकारी विदा परेकाले बुधबारमात्र अदालत हाजिर गराउन लागिएको प्रहरीको भनाइ छ।