चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 73 of 1152
  • 2026-11-21
  • 23:34:14
  • शनिबार,मंसिर ०६, २०८३

About Author

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै प्रधानमन्त्री

काठमाडौँ– संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन्। न्युयोर्कमा आयोजना हुने महासभामा सहभागी हुनका लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो। भ्रमण तालिका अनुसार प्रधानमन्त्रीले आगामी असोज ८ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनका क्रममा प्रधानमन्त्रीले पछिल्लो समय नेपालमा भोटेकोशी बाढी लगायतका प्राकृतिक विपद्ले पुर्‍याएको ठूलो जनधनको क्षतिलाई उल्लेख गर्दै जलवायु परिवर्तनका नकारात्मक असरहरूबारे विश्व समुदाय र राष्ट्रसंघको गम्भीर ध्यानाकर्षण गराउने छन्। महासभाको पूर्वतयारी तथा अन्य उच्चस्तरीय बैठकहरूमा सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा रहेको टोली यसअघि नै (असोज ४ गते) न्युयोर्क पुगिसकेको छ।

News by संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै प्रधानमन्त्री :