Chaitanyakhabar
काठमाडौँ– आज (मंगलबार) अपराह्न १ बजे संघीय संसद्, प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
न्यूयोर्कमा परराष्ट्र मन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
चार संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डा ?
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै प्रधानमन्त्री
आज प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौँ– परराष्ट्र मन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच शिष्टाचार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा उनीहरुबीच नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। भेटमा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, जलवायु परिवर्तनका…
काठमाडौँ–आज (आइतबार) एकै दिन विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छन्। जसअनुसार, अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ। बैठक बिहान १० बजे बस्ने छ। बिहान १० बजे बस्ने स्वास्थ्य तथा सूचना…
काठमाडौँ– संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन्। न्युयोर्कमा आयोजना हुने महासभामा सहभागी हुनका लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो। भ्रमण तालिका अनुसार प्रधानमन्त्रीले आगामी असोज ८ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनका क्रममा प्रधानमन्त्रीले पछिल्लो…
काठमाडौँ– यातायात व्यवस्था विभागले जारी विपद् र आगामी दिनको मौसम पूर्वानुमान विश्लेषण गरेपछि मात्र दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने भएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनबारे सोमबार काठमाडौँमा भएको सरोकारवाला निकायको छलफलमा मौसमको अवस्था हेरेर मात्रै अग्रिम बुकिङ खुलाउनु उपयुक्त हुने सुझाव आएको विभागले जनाएको छ। सरोकारवालाको सुझाव र सडकको अवस्थाका आधारमा…
काठमाडौँ– आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ७८…
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव जीवनको गुणस्तर व्यक्तिको आचरण, संस्कार र नैतिक चेतनाबाट निर्धारण हुन्छ। ज्ञान, सीप, सम्पत्ति र पदले जीवनलाई भौतिक रूपमा समृद्ध बनाउन सक्छन्। तर तिनलाई मानवीय र सामाजिक रूपमा उपयोगी बनाउने आधार नैतिकता हो। सुसंस्कारले व्यक्तिको सोच, व्यवहार र निर्णयमा सकारात्मक मूल्य स्थापित गर्छ। नैतिक जीवनले सत्यनिष्ठा, आत्मसंयम, करुणा, न्याय, सहिष्णुता…