चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 393 of 1156
  • 2026-11-24
  • 06:03:19
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

अपडेट: मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

काठमाडौँ– प्रतिनिधि सभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। जसमा महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कूल १५ हजार ७०५ जनाले मतदान गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। मुगुमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । मुगुमा कूल ३६ हजार ३१ मतदाता छन् । जिल्लामा मतदानस्थल ६७ र मतदान केन्द्र ६९ रहेका छन् । कूल उम्मेदवार सात रहेका छन् ।

News by अपडेट: मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान :