झापामा शान्तिपूर्ण मतदान, हालसम्म ३२ प्रतिशत मत खस्यो - Chaitanya News
  • 2026-04-26
  • 02:39:10
  • शनिबार,बैशाख १२, २०८३
  • झापामा शान्तिपूर्ण मतदान, हालसम्म ३२ प्रतिशत मत खस्यो

    झापामा शान्तिपूर्ण मतदान, हालसम्म ३२ प्रतिशत मत खस्यो

    काठमाडौँ– प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले झापामा आज शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको बताएका छन्।

    जिल्लाका २८५ मतदान स्थलका ८१५ वटा मतदान केन्द्रबाट मतदाताले उत्साहसाथ मतदान गरिरहेका छन्। सबै मतदान स्थलमा शान्त वातावरणमा मतदान भइरहेको गेलालले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार झापामा ६० देखि ६५ प्रतिशत मत खस्ने अनुमान छ।

    हालसम्म कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वसभामुख देवराज घिमिरे, पूर्वउपसभामुख इन्दिरा राना मगरलगायतले आआफ्नो मतदान केन्द्रबाट मतदान गरिसकेका छन्।