अपडेट: ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो - Chaitanya News
  • 2026-04-25
  • 13:59:56
  • शनिबार,बैशाख १२, २०८३
  • अपडेट: ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो

    अपडेट: ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो

    काठमाडौँ– आज देशभर १६५ ओटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ११ः०० बजे सम्म देशभर १९ लाख २३ हजार ८ सय २४ मत खसेको छ। यो कुल मतदाताको १०.१८ प्रतिशत हो ।

    निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता छन् ।

    दशैभर निर्वाचन भइरहँदा केही स्थानमा असहज परिस्थिति सिर्जना भए पनि वातावरण पुनः शान्तिपूर्ण बन्दै निरन्तर मतदान भइरहेको छ।

    सर्लाही र दोलखा लगायतका ठाउँमा केही समय असहज परिस्थिति सिर्जना भएको थियो। निर्वाचन प्रतिनिधि, दलका प्रतिनिधि र जिल्ला प्रशासनको सक्रियतामा उक्त ठाँउहरुमा पुनः सहज तरिकाले मतदान सुरु गरिएको छ।