बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा मतदान गर्न कोही पनि आएनन् - Chaitanya News
  • 2026-04-25
  • 13:59:54
  • शनिबार,बैशाख १२, २०८३
  • बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा मतदान गर्न कोही पनि आएनन्

    बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा मतदान गर्न कोही पनि आएनन्

    काठमाडौँ– अपी हिमाल गाउँपालिका–३ दुधीला र नौगाड गाउँपालिका– १ नागुस्थित गौरीशंकर मावि मतदानस्थलमा मतदाता भोट हाल्न कोहि पनि उपस्थित भएका छैनन् ।

    गौरीशंकरका बासिन्दाहरू बाटो र खानेपानी लगायतका मागहरू लामो समयदेखि पुरानभएको भन्दै, ती मागहरू पुरा नभएपछि मतदान बहिष्कार गर्ने घोषणा गरेकोले मतदान गर्न नआएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिए। “खाद्यान्न ढुवानी लगायतका काम गर्दा विकट भएकै कारण खच्चडहरू समेत खस्ने अवस्था भएपछि तत्काल गर्न सकिने अवस्था रहेन” उनले भने।

    दुधीलाका स्थानीय बासिन्दाहरू वडा कार्यालय टाढा भएकोले वडा विभाजन गर्नुपर्छ भन्ने माग राखिरहेका थिए। तर उनीहरूको माग पनि सम्बोधन हुन नसकेका कारण मतदान गर्न अस्वीकार गरेको उनले बताए। “स्थानीयका यी आधारभूत आवश्यकताकै कारण मतदान गर्न नआएकोले शून्य मतदान भएको हो” उनले भने।

    दुधिला मतदानस्थलमा तीन सय ३६ र नागुमा ६ सय २ मतदाता रहेका छन्। दार्चुलाका अन्य मतदान स्थलमा भने मतदान जारी छ।