चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1165
  • 2026-11-28
  • 02:11:29
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीको प्रदर्शन, स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन

काठमाडौँ– भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीहरूले विरोध प्रदर्शन गरेपछि प्रहरी टोली परिचालन गरिएको छ। स्थानीय प्रशासनले दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि आक्रोशित बनेका उनीहरूले थाल ठटाएर विरोध जनाएका हुन्। प्रशासनको निर्देशनप्रति असन्तुष्टि जनाउँदै सुकुमबासीहरूले थाल ठटाएर विरोध गरेपछि सम्भावित तनावलाई मध्यनजर गर्दै प्रहरी टोली सेन्टरमा पुगेको हो। होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरूले आफूहरूलाई तत्काल स्थान छाड्न दिइएको निर्देशनप्रति विरोध जनाइरहेका छन्। प्रशासनले तोकेको समयसीमा नजिकिँदै जाँदा सेन्टरमा विरोध प्रदर्शनसमेत चर्किएको छ।

News by बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीको प्रदर्शन, स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन :