चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 66 of 1116
  • 2026-10-16
  • 20:31:42
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

संघीय संसद् सचिवालयका २० जना शाखा अधिकृत प्रधानमन्त्री कार्यालयमा

काठमाडौं– संघीय संसद् सचिवालयका २० जना शाखा अधिकृत रसुवामा गएको विनाशकारी बाढी प्रभावितको उद्धार तथा राहतसम्बन्धी कार्यमा खटिएका छन्। उनीहरू प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद्को कार्यालयमा परिचालित भएका हुन्। संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले संसद् सचिवालयका २० जना शाखा अधिकृत रसुवामा गएको विनाशकारी बाढी प्रभावितको उद्धार तथा राहतसम्बन्धी कार्यमा खटिएको पुष्टि गरे। ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट माग भइ आए बमोजिम २० जना शाखा अधिकृत परिचालित हुनुभएको छ,’ उनले भने। उनीहरूले यही भदौ १४ गते देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर काम गरिरहेका छन्।  

News by संघीय संसद् सचिवालयका २० जना शाखा अधिकृत प्रधानमन्त्री कार्यालयमा :