अन्तरराष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै, के छ कार्यसूची ? - Chaitanya News
  • 2026-10-18
  • 22:53:44
  • आइतबार,कार्तिक ०२, २०८३
  • अन्तरराष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    अन्तरराष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ– संघीय संसदअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक गरी दुई बैठक बस्दै छन्।

    जसअनुसार, बिहान ९ः ३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हालै रसुवामा आएको विनाशकारी बाढी पहिरोका कारण देशको पर्यटन क्षेत्रमा परेको असर तथा क्षतिबारे गहन छलफल हुने कार्यसूची तय भएको छ।

    यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिनेछ। बैठक अपराह्न १२ः१५ बजे बस्नेछ।