काठमाडौँ– चीनबाट सहयोग स्वरुप उपलब्ध गराइएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेना ९पिएलए०को वायुसेनाको विमानमार्फत आज साँझ उक्त राहत सामग्री काठमाडौँ आइपुगेको चिनियाँ दूतावासले जनाएको छ । चिनियाँ सहयोगी विशेषज्ञका रूपमा पाँच जना ‘डिएनए’ पहिचान विशेषज्ञ पनि सोही उडानमार्फत नेपाल आएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ राहत सामग्री हस्तान्तरण समारोहमा सहभागी भएको थियो। उनीहरूले चिनियाँ विशेषज्ञलाई स्वागत गरेका थिए।
राहत सामग्रीमा तत्काल आवश्यक ‘ड्रोन’, डिएनए परीक्षणका उपकरण तथा पानी शुद्धीकरण गर्ने सामग्री र अन्य उपकरण रहेका छन्।