संघीय संसद् सचिवालयका २० जना शाखा अधिकृत प्रधानमन्त्री कार्यालयमा - Chaitanya News
  • 2026-09-02
  • 11:43:39
  • बुधबार,भाद्र १७, २०८३
  • संघीय संसद् सचिवालयका २० जना शाखा अधिकृत प्रधानमन्त्री कार्यालयमा

    संघीय संसद् सचिवालयका २० जना शाखा अधिकृत प्रधानमन्त्री कार्यालयमा

    काठमाडौं– संघीय संसद् सचिवालयका २० जना शाखा अधिकृत रसुवामा गएको विनाशकारी बाढी प्रभावितको उद्धार तथा राहतसम्बन्धी कार्यमा खटिएका छन्।

    उनीहरू प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद्को कार्यालयमा परिचालित भएका हुन्।

    संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले संसद् सचिवालयका २० जना शाखा अधिकृत रसुवामा गएको विनाशकारी बाढी प्रभावितको उद्धार तथा राहतसम्बन्धी कार्यमा खटिएको पुष्टि गरे।

    ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट माग भइ आए बमोजिम २० जना शाखा अधिकृत परिचालित हुनुभएको छ,’ उनले भने।

    उनीहरूले यही भदौ १४ गते देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर काम गरिरहेका छन्।