चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 59 of 1116
  • 2026-10-16
  • 17:54:51
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

राहत प्याकेजको प्रभावः सेयर बजारमा १८ अङ्कको वृद्धि, कारोबार रकम ४ अर्ब नजिक

काठमाडौँ– साताको पहिलो कारोबार दिन आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक नेप्से १८.०७ अङ्कले बढेर २५६०.८४ विन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा कुल ३५२ वटा कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता सेयर ५० हजार ८४४ पटक खरिदबिक्री भएका छन्। यसबाट कुल ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ रुपैयाँ बराबरको कारोबार भएको छ। आज कुल १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्यमा गिरावट आएको छ। ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आज पियोर इनर्जी नामक कम्पनीको सेयर मूल्यमा १५ प्रतिशतको उछाल आउँदा अन्य धेरै बढ्ने कम्पनीहरूको मूल्य एकल अङ्कमा मात्रै सीमित छ। आज फाइनान्स र ट्रेडिङ बाहेक सबै सूचक बढेका छन्। निर्जीवन बीमा कम्पनी सूचक सबैभन्दा धेरै २.०५ प्रतिशतले बढेको छ। बाढीका कारण विभिन्न संरचना बन्द हुँदा निर्जीवन बीमा क्षेत्रमा देखिएको पहिरो अहिलेको सुधारले थामेको देखिएको छ। बैंकिङ र उत्पादनमूलक क्षेत्रमा समेत सोही अनुसारको वृद्धि देखिएको छ। कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २५ करोड २१ लाख ६६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी, गरिमा विकास बैंकको १७ करोड ८८ लाख, सोलु हाइड्रोपावरको १६ करोड २७ लाख र एसवाई प्यानलको १३ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

News by राहत प्याकेजको प्रभावः सेयर बजारमा १८ अङ्कको वृद्धि, कारोबार रकम ४ अर्ब नजिक :