चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 57 of 1116
  • 2026-10-16
  • 17:06:01
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

आजको मौसम: यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। हाल कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भू–भाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधरणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यसैगरी, सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसैगरी, आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना पनि महाशाखाले जनाएको छ। तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

News by आजको मौसम: यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना :