चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 50 of 1116
  • 2026-10-17
  • 15:47:02
  • शनिबार,कार्तिक ०१, २०८३

About Author

आज ऋषिपञ्चमी पर्व, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

काठमाडौँ– वैदिक सनातन धर्मावलम्बीहरूले आज श्रद्धा र भक्तिपूर्वक ऋषिपञ्चमी पर्व मनाउँदै छन्। ऋषिपञ्चमीका अवसरमा देशभरका विभिन्न धार्मिक तथा तीर्थस्थलमा पूजा–आराधना गर्ने भक्तजनको भीड लागेको छ। काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि सप्त ऋषिसहित अरुन्धतीको पूजा–आराधना गर्ने भक्तजनको उल्लेख्य भीड रहेको छ। विशेष गरी महिलाहरूले ऋषि पञ्चमीका दिन स्नान गरी सप्तऋषि र अरुन्धतीको विधिपूर्वक पूजा गर्ने तथा व्रत बस्ने धार्मिक परम्परा रहँदै आएको छ। यस दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सप्त ऋषिको पूजा गरिन्छ। ऋषि पञ्चमीलाई तीज पर्वको अन्तिम दिनका रूपमा समेत लिइन्छ। धार्मिक आस्थाका साथ मनाइने यस पर्वले नेपाली समाजमा परम्परा, संस्कार र सांस्कृतिक निरन्तरताको महत्त्व बोकेको छ।

News by आज ऋषिपञ्चमी पर्व, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड :