चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 43 of 1115
  • 2026-10-16
  • 10:34:22
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

बाढी र पहिरोका कारण देशभरका यी राजमार्ग छन् अवरुद्ध

काठमाडौँ– पहिरो तथा बाढीका कारण देशभरका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको हो। कोशी प्रदेशअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ झोलुङ्गेपुल क्षेत्रमा मदन भण्डारी लोकमार्ग एकतर्फी सञ्चालनमा छ। बागमती प्रदेशमा काभ्रेको कुशकोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा पहिरोको जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा समस्या छ। रसुवामा मुख्य राजमार्गको सडक पूर्णरूपमा अवरुद्ध रहेको छ। नुवाकोटमा शिवपुरी गाउँपालिका–८ ठूलखोलास्थित टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोका कारण रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। विदुर नगरपालिका–१० सिमटारमा पासाङल्हामु सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध छ। धादिङको बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न स्थानमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। यस्तै, गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ खत्रो क्षेत्रमा चामे–बेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ। कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ खारेखेतमा कर्णाली करिडोर पनि पूर्णरूपमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ। सडक विभागले अवरुद्ध सडक खुलाउने तथा जोखिमयुक्त स्थानमा यातायात व्यवस्थापनको काम भइरहेको जनाएको छ।

News by बाढी र पहिरोका कारण देशभरका यी राजमार्ग छन् अवरुद्ध :