चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1149 of 1164
  • 2026-11-27
  • 15:39:51
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

विद्युत प्राधिकरणको नाफा अझै बढ्छ : घिसिङ

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत् प्राधिकरण नाफा अझै बढ्ने बताएका छन्। प्राधिकरणको ३७औं वार्षिक उत्सवमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले प्राधिकरणलाई उत्कृष्ट बनाउने गरि काम गरिरहेको बताए। आर्थिक वर्ष २०७८–७९ मा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको उनले बताए। प्राधिकरणको यो नाफा हालसम्मकै उच्च रहेको र आगामी दिन यो ग्राफ अझै बढ्ने उनको भनाइ छ। आर्थिक वर्ष २०७७–०७८ मा प्राधिकरणले ६ अर्ब १० करोड नाफा गरेको थियो। कार्यक्रममा उनले विद्युत् उपभोग बढाउन विभिन्न अभियान चलाउने, विद्युत् प्राधिकरणलाई डिजिटल बनाउने, देशभरका विभिन्न स्थानमा फस्ट चार्चिङ स्टेसन बनाउने घोषणा पनि गरे।

News by विद्युत प्राधिकरणको नाफा अझै बढ्छ : घिसिङ :