माओवादी पार्टी होइन, प्रचण्डको एण्ड कम्पनी हो : अध्यक्ष ओली - Chaitanya News
  • 2026-06-04
  • 13:47:40
  • बिहिबार,जेठ २१, २०८३
  • माओवादी पार्टी होइन, प्रचण्डको एण्ड कम्पनी हो : अध्यक्ष ओली

    माओवादी पार्टी होइन, प्रचण्डको एण्ड कम्पनी हो : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी बनेको आरोप लगाएका छन्।

    विभिन्न दल परित्याग गरेकालाई सोमवार एमालेमा प्रवेश गराउन आयोजित कार्यक्रमलाई बुधवार पार्टी कार्यालय ललितपुरमा सम्बोधन गर्दै ओलीले माओवादीले पार्टीको स्वरुप लिन नसकेको टिप्पणी गरेका हुन्।

    ‘माओवादी कुनै पार्टी हो र? प्रचण्ड एण्ड कम्पनी हो, माओवादीले पार्टीको रुप लिएको छैन,’ ओलीले भने।

    उनले माओवादीको सम्बन्धमा केही टिप्पणी नभएको बताए।

    ‘जाँड खाएर मरेकाको शालीक बनेको छ, जनयुद्ध लडेका कसैको बनेको छ रु अरुका छोराछोरीको बनेको छ? ओलीले भने।