कांग्रेसको नीति, कार्यक्रम एमालेलाई रोक्ने : अध्यक्ष ओली - Chaitanya News
  • 2026-04-20
  • 08:26:39
  • सोमबार,बैशाख ०७, २०८३
  • कांग्रेसको नीति, कार्यक्रम एमालेलाई रोक्ने : अध्यक्ष ओली

    कांग्रेसको नीति, कार्यक्रम एमालेलाई रोक्ने : अध्यक्ष ओली

    काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सहयोगीबिना एक्लै अघि बढ्न नसक्ने अवस्थामा पुगेको बताएका छन्। उनले एमालेलाई रोक्ने नीति र कार्यक्रममा कांग्रेस रहेको बताए।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बुधबार ओलीले कांग्रेस विचारशून्य रहेको आरोप लगाएका हुन्। कांग्रेस ढोडको भए पनि लौरो नसमाति उभिनै नसक्ने भयो। एमालेसँग अखडामा कांग्रेस टिक्नै सक्दैन। कांग्रेस पाँच(सातवटा साथी नलिइकन उभिनै सक्दैन। कांग्रेस लुलो छ। विचारशून्य छ। कहाँ जाने थाहा छैन। भोलि उठी कहाँ जाने होइन आजै कहाँ जाने थाहा छैन उनले भने कोसँग केका लागि मिल्ने? किनभने राम्रो काम हुनबाट रोक्नका लागि मिल्ने। एमालेले राम्रो काम गर्छ त्यसलाई रोक्ने नीति लिएको छ।

    कांग्रेसको नीति कार्यक्रम नै गठबन्धन रहेको र त्यसको उद्देश्य एमालेलाई रोक्ने रहेको ओलीको भनाइ थियो। कांग्रेसको नीति, कार्यक्रम, पुग्ने कहाँ हो भन्दा गठबन्धन। गठबन्धन गरेर के गर्ने भन्दा गठबन्धन। गठबन्धनका सबै पार्टीका सबै नेताहरूको जहान, परिवार छन् त्यसका लागि गठबन्धन गर्ने, उनले भने।

    एमालेको समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य रोक्नका लागि लोसपा, जसपा, नेसपा, एकीकृत समाजवादी, माओवादी केन्द्र र कांग्रेसलगायत मिलेको उनको भनाइ थियो। ओलीले भने, आगामी निर्वाचन एउटा निर्णयाक मोड हो। यस मोडमा प्रतिक्रियावादी शक्तिहरूलाई एकमुष्ट पराजित गर्नुपर्छ। सबै दक्षिणपन्थीहरू विभिन्न नामका दक्षिणपन्थीहरूलाई एकमुष्ट पराजित गर्नुपर्छ।

    गठबन्धन भन्ने नामै नराम्रो रहेको ओलीको भनाइ थियो। उनले भने, एमालेले बोकेको महान् उद्देश्य पूरा हुन नदिनका लागि अनेक तत्वहरू जोडिया जोडियै छन्। यो जोडाइ, त्यसको नाम बडो नराम्रो राखेको छ गठबन्धन।