वैदेशिक रोजगारीको दुःखद् खबर १४ वर्षमा १० हजार नेपालीको मृत्यु - Chaitanya News
  • 2026-04-20
  • 08:27:00
  • सोमबार,बैशाख ०७, २०८३
  • वैदेशिक रोजगारीको दुःखद् खबर १४ वर्षमा १० हजार नेपालीको मृत्यु

    वैदेशिक रोजगारीको दुःखद् खबर १४ वर्षमा १० हजार नेपालीको मृत्यु

    काठमाडौं– वैदेशिक रोजगारीमा जाने क्रम दिन प्रतिदिन बढ्दो क्रममा छ। दैनिक १ हजार ७०० भन्दा बढीको हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको तथ्यांकले देखाउँछ। जति धेरै नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन् त्यति नै धेरै नेपालीको विदेशमा मृत्यु भइरहेको पनि देखिएको छ। विगत १४ वर्षको तथ्यांक हेर्ने हो भने १० हजार भन्दा बढी नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ।

    वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार १४ वर्षमा १० हजार ९३२ जना नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका हुन्। २ हजार १२५ जना अंगभंग भएका छन्। आर्थिक वर्ष २०६५–०६६ मा ७८ जना नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए। त्यसको १४ वर्षपछि अर्थात गत आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ४७९ जनाले ज्यान गुमाए। जसमा १ हजार ४३२ जना पुरूष र ४७ जना महिला रहेको विभागको तथ्यांकले देखाएको छ।

    गत वर्ष सबैभन्दा बढी मलेसियामा मृत्यु भएको देखिन्छ। जहाँ ३ जना महिलासहित ४११ जनाको मृत्यु भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ। त्यसपछि साउदी अरबमा ४ महिलासहित ३८९ जनाको मृत्यु भएको थियो। कतारमा ४ महिलासहित २९४, यूएईमा १५ महिलासहित २०६ जना, कुवेतमा ६ महिलासहित ६५, बहराइनमा २३, दक्षिण कोरियामा १६, ओमानमा १ महिलासहित १४ जनाको मृत्यु भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ।

    गत आर्थिक वर्षमा सबैभन्दा धेरै बिरामी परेर मृत्यु भएका छन्। २० जना महिलासहित ४६६ जनाको विरामी परेर मृत्यु भएको थियो। गत वर्ष कोरोनाका कारण विदेशमा ५ महिलासहित २१३ जनाले ज्यान गुमाएका थिए। त्यस्तै प्राकृतिक मृत्यु ६ महिलासहित २३६, सडक दुर्घटनामा परेर ६ महिलासहित १३५, आत्महत्या ३ महिलासहित १०५ जना, हृदयघातबाट २ महिलासहित ९४ जनाको मृत्यु भएको थियो।

    १४ वर्षमा वैदेशिक रोजगारीमा ज्यान गुमाएकाहरुको तथ्यांक