चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 35 of 1151
  • 2026-11-21
  • 09:43:21
  • शनिबार,मंसिर ०६, २०८३

About Author

तिथि वृद्धिका कारण यस वर्ष दुई दिन महाअष्टमी, दुवै दिन अष्टमीका कर्म गर्नुपर्ने

काठमाडौँ: यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीका धार्मिक कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिबाट स्वीकृत पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। कात्तिक १ गते महाअष्टमीका अवसरमा गरिएका धार्मिक कर्म कात्तिक २ गते पनि दशैँघर वा पूजाकोठामा दोहोर्‍याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए। उनका अनुसार कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि धार्मिक विधिअनुसार अष्टमी तिथिमा गरिने पूजा तथा अन्य कर्म दोहोर्‍याउनुपर्छ। उक्त दिन नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधना गर्नुपर्नेछ। महाअष्टमीका अन्य धार्मिक कर्मसमेत दोहोर्‍याउनुपर्ने उनले बताए।

News by तिथि वृद्धिका कारण यस वर्ष दुई दिन महाअष्टमी, दुवै दिन अष्टमीका कर्म गर्नुपर्ने :