लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त - Chaitanya News
  • 2026-10-18
  • 08:13:12
  • आइतबार,कार्तिक ०२, २०८३
  • लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

    काठमाडौँ: सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गरेको छ।

    मन्त्रिपरिषद्को आज बसेको बैठकले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

    बौद्ध धर्म, अध्यात्म र संगीतका क्षेत्रमा परिचित आनी छोइङ डोल्मा सामाजिक सेवाका काममा समेत सक्रिय रहँदै आएकी छन्। बौद्ध मन्त्र तथा आध्यात्मिक गीतमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित उनले नेपाली संगीतलाई विश्वमाझ चिनाउन योगदान पुर्‍याएकी छन्।

    लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल तथा विश्वभरका बौद्ध धर्मावलम्बीको प्रमुख तीर्थस्थल हो। लुम्बिनीको विकास, संरक्षण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा यसको महत्त्व स्थापित गर्ने जिम्मेवारी लुम्बिनी विकास कोषको रहेको छ।